sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मृगौला पीडित छोरालाई आमाबाट दोश्रो जन्म

खोटाङ असार–२१, खोटाङस्थित केपिलासगढी गाउँपालिका–३ बास्पानीका २८ वर्षीय मृगौला पीडित सुरेश दमाईले आफ्नो आमाबाट दोश्रो जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मृगौला रोगले पीडित भएर थलिनुभएका सुरेशले ६४ वर्षीया आमा धनकुमारी दमाईबाट दोश्रो जन्म पाउनुभएको हो ।

पीडितको उपचारको लागि मृगौला आवश्यक भएपछि भक्तपुरस्थित अङ्ग प्रत्यारोपण केन्द्रमा आमा धनकुमारीको मृगौला सफल प्रत्यारोपन गरिएको छ । केन्द्रका डाक्टर पुकार श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको मृगौला सफल प्रत्यारोपन गरेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारबाट पुनः जन्म पाएको भन्दै सभासद राईले डाक्टर पुकार श्रेष्ठ लगायतका टोलीलाई बिशेष धन्यबाद दिनुभएको छ ।

सुरेश दर्जी लगायत उहाँका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्य जस्तै भएर गाउँमा बस्दै आएका छन् । उनीहरु एक आपसका सहयोगी हुनुहुन्छ ।  
सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उहाँका आमाको स्वास्थ्य अवस्था मृगौला प्रत्यारोपनपछि पनि ठीक रहेको डाक्टर श्रेष्ठले बताउनुभएको छ । 
मृगौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करिब सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताउनुभयो ।
सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्क बिहिन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका हुनुहुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post