sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ८ बर्ष विदेश बसेको रामकुमार अनुभब बाँड्नमा दौडधुप

सन्तोषकुमार राई/खोटाङ
साउन–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामकुमार श्रेष्ठ आफुले वैदेशिक रोजगारीमा भोगेको भोगाई सुनाउनमा दौडधुप गरिरहनुहुन्छ । वैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष मलेसिया र ३ बर्ष कुबेत गरि ८ बर्ष परदेशी जीवन बिताउनुभएको श्रेष्ठले गाउँगाउँ डुलेर विदेशमा खेप्नुपर्ने भुक्तमानबारे सचेतना फैलाईरहनुभएको हो । 

रामकुमारले वैदेशिक रोजगारीमा जान लागेको सम्भाबित युवा, विदेशबाट फर्किएका ब्यक्ति, वैदेशिक रोजगारीमा गएकाको परिवारसम्म पुगेर आफुले भोगेको भोगाई तथा त्याहाँ आईलाग्ने समस्याहरुबारे बताउनुहुन्छ । उहाँले उक्त वडाको बुद्धिजीवि, राजनीतिक दलका नेता तथा अन्य सरोकारवालाहरुसम्म पुगेर विदेश जाँदा अपनाउनु पर्ने प्रक्रिया तथा सावधानी लगायत बारे छलफल गर्नुहुन्छ । आफै पनि वैदेशिक रोजगारीमा नगई अव आफ्नै ठाउँमा आम्दानीको बाटो समाउने प्रण गर्नुभएको उहाँ अरुलाई पनि गाउँमै रोजगारीको सिर्जना गर्न सुझाउनुहुन्छ । 

रामकुमारलाई यो कार्यको लागि हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा नबकिरण किरण सेवा समाज नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवाशन परियोजना सामीले योग्य ठानेको हो । मेहनत तथा बचत गरेमा आफ्नै ठाउँमा पनि विदेशको भन्दा कम आम्दानी नहुने ठोकुवा गर्नुहुने श्रेष्ठले रिटर्नी स्वयम सेवकको रुपमा सचेतना बिस्तारमा खटुनुभएको होे । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउनका लागि जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेंसी गाउँपालिकाले पनि वडा–वडामा रिटर्नी स्वयम सेवक परिचालन गरेका थिए । 

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका, जेल परेका, हराएका, भनेको कामदाम नपाएका लगयातको समस्यामा परेकाको जानकारीलाई सुचना केन्द्रसम्म पु¥याउने काम समेत रिटर्नी स्वयम सेवकहरुले गर्दै आएको नवकिरण सेवा समाजले जनाएको छ । स्वयम सेवकको सूचना तथा पहलबाट वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका धेरै युवाहरुलाई राहत प्राप्त भएको छ भने केहीको उद्दार कार्य सफल भएको जनाईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post