sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » त्रि–धार्मिकस्थल हलेसीको आम्दानी नगरपालिकाको मातहतमा

खोटाङ साउन–९, खोटाङस्थित ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको छ । प्रसिद्द हलेसी मन्दिरको भेटीपाती लगायतका आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको हो । 

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको आम्दानीलाई पारदर्शी राख्दै हलेसीकै पर्यटन प्रवद्र्धनका लागि उपयोग गर्न नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको मेयर ईवन राईले बताउनुभयो । हालसम्म हलेसी मन्दीर व्यवस्थापन समितिमार्फत सञ्चालन हुँदैआएको हलेसीको आम्दानीलाई नगरपालिका, हलेसी महादेबस्थान बिकास समिति र हलेसी मन्दीर व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारको मातहतबाट सञ्चालन गर्ने निर्णय गरेको हो । 

नगरपालिकाका, हलेसी महादेबस्थान बिकास समिति र मन्दीर व्यवस्थापन समितिका एक÷एक जना प्रतिनिधिको संयुक्त दस्तखतबाट चल्ती खाता सञ्चालन हुनेगरी हलेसीको आम्दानीलाई नगरको मातहतमा ल्याउने निर्णय गरिएको जनाईएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने हलेसी आउने बाह्य तथा आन्तरिक पर्यटक÷दर्शनार्थीले भेटी, गरगहना लगायत चढाउने गरेका छन् । हलेसीको आम्दानीलाई स्थानीय तहको मातहतमा ल्याएर कार्यविधि तयार गरी मन्दिरकै व्यवस्थापन, परिचालन र बिकासमा खर्च गरिने नगरपालिकाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post