sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » युएईमा खतरनाक ट्रक दुर्घटनामा परेको खोटाङ खार्मीको योगेश भाग्यले बाँचे


खोटाङ साउन–८, युएईको सडकमा भयानक ट्रक दुर्घटनामा परेको खोटाङ खार्मीको योगेश राई भाग्यले बाँचेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा केही महिना अघि युएई पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका युवा योगेशलाई आवुधबीमा साता दिन अघि ट्रकले ठक्कर दिएकोमा हाल सकुशल रहेको आफन्तले जनाएका छन् । 

नेपालमा रहेका आफन्तलाई रेमिट्यान्स पठाउन साईकल चढेर गईरहेको अवस्थामा ट्रकले पछाडीबाट ठक्कर दिएका थिए । ट्रकले साईकल कच्याककुचुक पारे पनि शरीरलाई भने टायरले नभेटेको आफन्त उमेश राईले उल्लेख गर्नुभएको छ । लामो समयदेखि युएईमा रहनुभएको राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘ड्युटि बाट फर्केर साईकल चढि नेपाल पैसा पठाउनु जाँदै गर्दा ठुलो ट्रकले पछाडिबाट हानेर भान्जा माथिबाट ट्रक गएको थियो ।’ उहाँले दुखद् दुर्घटना भए पनि नतिजा आफ्नो पक्षमा भएको उल्लेख गर्नुभएको छ । ‘भाग्यवस भान्जामाथि ट्रकको टायर नपरेर साईकल मात्र काचाककुचुक हुन गयो ।’ 

डाक्टरको भनाई अनुसार सामान्य चोट सहित योगेश करिव १२ घण्टासम्म बेहोस् रहेको थियो । उनको पिठ्युँको हड्डि भाँचिएको बताईएको छ । अप्रेशन गरेपछि अवस्था सामान्य हुने डाक्टरले जानकारी दिएको आफन्तले जनाएका छन् ।  

योगेश कार्यरत कम्पनिको तर्फबाट सुविधा सम्पन्न उपचार भईरहेको घाईंते योगेशको गाउँले मामा उमेश राईले प्रष्ट्याउनुभएको छ ।  दुर्घटनाको दोषी ट्रक चालक जेलमा राखिएको छ । ट्रक चालकका आफन्त दैनिक जसो उपचाररत अस्पतालमा आएर मिल्ने वातावरण बनाउन जोड गरिरहेको घाईंते योगेशले बताउनुभएको छ ।
डाक्टरले घाईंतेको अवस्था सामान्य भएकोले नआत्तिन आफन्तलाई सल्लाह दिएका छन् । (घाईंते योगेश राईको तस्बिर : उमेश राईको फेसबुकबाट)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post