sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » घरमा आगलागी हुंदा २५ लाखको क्षति

खोटाङ ५ साउन । खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको एक घरमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।

शनिबार दिउँसो साँढे ३ बजे मित्रलाल कोइरालाको ढुंगा माटो र खरको छानो भएको दुइ तले घरमा आगलागी भएको हो ।
दिउँसोको समयमा आफ्नै छोराछोरीले लाईटर चलाउदा अचानक भएको आगलागीमा नगद ६० हजार, अढाई तोला सुन, घर, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, चिरानी काठसहित अन्दाजी २० देखी २५ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा मानवीय तथा चौपायमा क्षति भएको छैन । घरमा लागेको आगो इलाका प्रहरी कार्यालय चिसापानी र स्थानियले निभाएका थिए । आगलागी स्थल इलाका प्रहरी कार्यालय चिसापानीबाट १ घण्टा २० मिनेट पश्चिमतर्फ पर्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post