sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » उदिम किरातीको ‘अर्को चोमालुङमा’


भिम राई
खोटाङको साहित्यीक इतिहाँसमा अग्रणी व्यक्तित्व राजबीर थुलुङको गाउँ रिब्जुङ अर्थात घामले छेकेको ठाउँ । थुलुङको जन्म र कर्मपछि  रिब्जुङमा छेकेन साहित्यीक किरणले । साहित्यमा उरालियो पिडा गित अथवा शिलोक भएर । पछि त्यही माटोमा खुक्सङ खम्बुको नामबाट साँस्कृति चेतका सिर्जनाहरु उम्रन थाले । खम्बुको गतिशिल यात्रामा हार मिलाउँदै अहिले उदायका छन् नया प्रतिभा उदिम किराती । उनको पहिलो कृतिका रुपमा भर्खरै बजारमा एउटा गजल संग्रह बजारमा आएको छ ‘अर्को चोमालुङमा’ । 

दुधकोशीकोे राखानी हुँदै रिब्जुङका दिप्पाको डाँडासम्म आइपुग्दा हावाले बोकेर ल्याएको शित्तलताको प्रतिरुप भएर जन्मिएका गजलकार उदिम किराती र उनको काव्यिक क्षमताको कसी बनेको गजल सँग्रह ‘अर्काे चोमालुङमा’ गजल पारखीहरुको लागि निकै मिठो कोशेलीका रुपमा बजारमा आएको हो । ९५ वटा फूलहरुको गुच्छाको रुपमा संग्रहित गजलहरुको सानो पन्तुरा बाकेर कहिले काठमाडौं, कहिले रिब्जुङ त कहिले विदेशी तातोघामको स्पर्शलाई हृदयमा सुरक्षित राखेर सिर्जना मार्फत बाहिरिएको यो गजलकारको नीजि सम्पती हो ।

समयहुन घामजुन हुनु जस्तै गजल सिर्जना हुनुको गुणले रदिफ काफियामा बगेका शेरहरुले पूर्णता पाएको संग्रह संवेग, आवेग, करुणा, आक्रोश र विद्रोहको एक गुच्छा जस्तै । अर्को चोमालुङमा देखिएको चोमालुङमा भन्दा कम उचाईको छैन । ९५ वटा गजलहरुको गुच्छा रहेको भावनाको चोमालुङमा ‘बिसन्चो पो छौ कि जाउमा ? ओइलाएछ लिम्चङिबुङ, बिसन्चोको खबर तिम्रो हावाले ल्याएछ लिम्चिङबुङ’ किराती मिथ्थकीय भावना देखि ‘हिँड्दा नहिँडे बाटोले चिन्दैन, जिन्दगीको एक पाटोले चिन्दैन’ जस्तो जीवन खोज्ने भावनाहरुको संगालो छ उदीमका गजल संग्रहभित्र ।

कहिले राजनीतिक खिचातानीमा उरालिएको साम्प्रादायीक चेतलाई साम्य पार्ने भावनाकासाथ उदिम कलम तिखो बनाएर उदाउँछन् । ‘एउटै आगन एउटै धुरी एउटै घर बनाउ, सबै मिलि सदभावको सुन्दर सहर बनाउ’ उनको यीनै सार्थक चिन्तन मिश्रीत संग्रहमा समाजमा रहेको कुनै विषय र विचार भन्दा एकरती पर गएका छैनन् । समय र समाजलाई मार्गप्रशस्त गर्ने कवि तथा साहित्यकारहरुमा हुनुपर्ने जस्तो चेत उदिम किरातीमा सुरक्षित रहेको छ ।

विभिन्न सामाजिक सन्जाल, छिटपुट पुस्तक तथा पत्रिकामा कोरीरहेको, लेखिरहेको देखिएका यीनै गजलकारले नया पुस्तक बजारमा ल्याउन निकै चुनौति सामाना गरेको बताउँछन् । साहित्यको बजारमा एउटा संग्रहलाई उमारेर वितरणको मालिक बन्नु निकै चुनौतीपूर्ण रहेको अनुभव गरेका उनको आगामी यात्रा भने सुन्दर छ । उनी गजलमात्र लेख्दैनन् । उनले लेखेका गीतहरु उतिकै रहरलाग्दो रहेको छ । विषेश गरे थुलुङ भाषाको गितहरुमा राम्रो जमाएका उनले उतिकै राम्रो चित्र स्केचपनि गर्न माहिर देखिन्छ । एक व्यक्ती अलग क्षमताको विकास गरिरहेको उनको अर्को संग्रह गजल जस्तै कविताहरुको हुनेछ । आशा गरौँ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post