sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ससुराली जाँदै गरेका पुरुष बाटोमा मृत फेला

खोटाङ भदौ–५, खोटाङमा ससुराली जाँदै गरेका पुरुष बाटैमा मृत फेला परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित ससुराली जानेक्रममा धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३५ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।

दिक्तेलबाट ससुराली जाँदै गरेका परियार सोमबार बिहान दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । परियारको मृत्युको कारण खुल्न सकेको छैन । इन्द्रेणीपोखरीबाट लिन गएका आफन्तले परियारलाई मृत फेला पारेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post