sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » किशोर–किशोरीले लिए जीवन उपायोगी सीप–तालिम

खोटाङ भदौ–१४, खोटाङस्थित रावाबेंसी गाउँपालिकाका किशोर–किशोरीले जीवन उपयोगी सीप–तालिम लिएका छन् । पालिकाको ५ नम्वर वडामा पर्ने दुबेकोलकस्थित गंगोदय मा.वि.मा आयोजना गरिएको तीन दिने जीवन उपयोगी सीप तालिममा सोही विद्यालयका २९ जना किशोर–किशोरीहरु सहभागी वनेका हुन् ।

वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौंको सहयोगमा हलेसी विकास मञ्च नेपाल वडहरेद्वारा सञ्चालित महिला प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत हालै उक्त तालिम आयोजना गरिएको हो । आङ खस्ने र यौन तथा प्रजनन स्वास्थ्य सेवामा महिला तथा किशोरीहरुको पहुच बृद्घि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सहजकर्ता विरेन्द्र मगरले वताउनुभयो । 

वाल विवाह, छोरा र छोरी वीचको भेदभाव जस्ता विभेदकारी सामाजिक मूल्य मान्यता एवं चालचलनहरुको न्युनिकरण गर्दै किशोरीहरुलाई माध्यमिक तहको शिक्षा पुरा गर्न सहयोग गर्ने समेत उक्त कार्यक्रमको उदेश्य रहेको मगरको भनाई छ । किशोरावस्थामा मन स्थिर नहुने हुँदा किशोर–किशोरीहरुको जीवनमा आईपर्न सक्ने जोखिम तथा समस्याहरुको व्यावस्थापन साथ–साथै जीवनमा आइपर्ने जोखिमहरुको आफै समाधान गर्न सकुन् भन्ने कुरामा तालिममा जोड दिईएको बताईएको छ । 

किशोर–किशोरीको व्यक्तिगत जीवनलाई उपयोगी र व्यावस्थित वनाउन सहयोग गर्ने ढंगले तालिमको सहजीकरण थियो । 
यसैबीच, सोही गाउँपालिका–४ डुम्रेधारापानीस्थित देउराली मा.वि.मा पनि उक्त तालिम सम्पन्न गरिएको छ । डुम्रेधारापानीमा पनि २९ जना किशोर–किशोरीहरुको सहभागिता रहेको थियो ।

  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post