sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » युएईको आममाफीलाई सदुपयोग गर्न सामी खोटाङको आग्रह

खोटाङ साउन–२५, खोटाङबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गई गैरकानुनी रुपमा बसिरहेका नागरिकलाई उक्त देशले जारी गरेको ‘आममाफी’ को अवसरलाई प्रयोग गर्न अनुरोध गरिएको छ । युएईमा अवैधानिक रुपमा रहेका नेपालीका लागि तीन महिनासम्म रहने आममाफीको अवसरलाई सदुपयोग गरी सुरक्षित हुन सुरक्षित आप्रवासन परियोजना(सामी) खोटाङले अनुरोध गरेको हो । 

गत साताको बुधबारदेखि युएईले दिएको तीन महिनाको आममाफीको समयभित्र आफु र आफन्तलाई सुरक्षित बन्ने तथा बनाउने प्रक्रियामा जुट्न सामी खोटाङले सूचना तथा सन्देश दिने गरेको छ । युएईले भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा गएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउने ब्यवस्था मिलाएको छ । 

वालसेवा समाज नेपाल नेर्पा तथा नवकिरण सेवा समाज दुर्छिमसँगको सहकार्यमा जिल्लामा सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको परियोजना अन्तर्गतका कार्यक्रमहरुमार्फत उक्त अवसरलाई सदुपयोग गर्न अनुरोध गर्ने गरिएको जनाईएको छ । अवैधानिक तवरले असुरक्षित भई युएईमा बसिरहेकाहरुको लागि नेपाल फर्कने तथा सुरक्षित हुने सुअवसर भएकोले सबैले यसबारे चासो दिनुपर्ने बालसेवा समाज नेपालद्वारा सञ्चालित परियोजनाका विद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यले बताउनुभयो । अवैधानिक भई युएई बस्ने स्वयम कामदार तथा कामदारको परिवार र आफन्तले यो अवसरलाई वेवास्ता गरेमा पछुताउनुपर्ने अवस्था आउन सक्ने संयोजक आचार्यको भनाई छ ।

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमती पत्र पाएको एक हप्ता भित्र युएई छाडिसक्नुपर्नेछ । 
आममाफी प्रक्रियाबाट बिभिन्न हिसावले फाईदा लिन सकिने जनाईएको छ । युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ ।

६ महिनाको समयमा कामगर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ । कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध नलाग्ने ब्यवस्था गरिएको छ ।  यसरी स्वदेश फर्किएकाहरु फेरि युएई जान पाउने उल्लेख गरिएको छ । हवाइ टिकट भने व्यक्ति स्वयमले नै तयार बनाउन पर्छ ।
पासपोर्ट नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावास मार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ । 

आउँदो कात्तिक १४ गतेसम्मको लागि तोकिएको आममाफीको समयपछि भने युएईले अवैधानिक कामदार भेटे पक्राउ गर्ने र कडा कारवाही गर्न सक्ने छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post