sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बिक्रिमा राखिएको ड्युमा मट्टीतेलको गन्ध

खोटाङ  भदौ–१०, खोटाङस्थित साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको एक पसलमा राखिएको ड्युमा मट्टीतेलको गन्ध पाईएको छ । पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी फालिएको छ ।

 गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताउनुभयो । 

ग्लासमा खन्याइएको ड्यु पिउने क्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुँघ्दा समेत मट्टीतेलको गन्ध आएको थियो । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएको जनाईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post