sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अनियन्त्रित मोटरसाईकल घरभित्र छिर्दा दुई घाईंते

खोटाङ  भदौ–१३, खोटाङको दिक्तेलवजारमा हाँकिरहेको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पस्दा दुई जना घाईते भएका छन् । सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पसल राखिएको घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाईते भएका हुन् । 

सोही नगरपालिका–४ खाल्लेका शंकर कटवालले बुधवार बिहान बच्चालाई बोर्डिङ लैजाने क्रममा बाईक अनियन्त्रित हुँदा किसन राईको पसलको ढोका फोड्दै घरभित्र पसेको प्रहरीले जनाएको छ । हाटडाँडाबाट त्रिबेणीचोकतर्फ गुडिरहेकोे मोटरसाईकलवाट घाईते वनेका दुवैलाई उपचारका लागि काठ्माण्डौं पठाइएको आफन्तले बताएका छन् । 

मोटरसाईकलले ठक्कर दिनुका साथै खुट्टामा किचेको थियो । अनियन्त्रित बाईक सडकमा जथाभाबी गुड्न थाल्दा हो–हल्ला मच्चिएपछि पसलबाट हेर्न निस्किए लगत्तै बाईकले ठक्कर दिएको घाईते राईले बताउनुभयो । 

मोटरसाईकलमा सवार बच्चा पनि सामान्य घाईते भएका छन् । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनोज यादबले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post