sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कर तिर्न लाहान पुग्नुपर्ने युगको अन्त्य, अब दिक्तेलमै कर कार्यालय

काठमाडौं २२ साउन । खोटाङबासीको लागि यो पक्कै खुसीको खबर हो भने कर तिर्न लाहान पुग्नुपर्ने युगको पनि अन्त्य हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले खोटाङको सदरमुकाम दिक्तेलमा नै आन्तरिक राजस्व करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले यो निर्णयसँगै अब खोटाङबासीले कर तिर्न लाहान धाउनै नपर्ने भएको हो । यसअघि, कर तिर्न लाहान पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

प्रतिनिधिसभाका सांसद विशाल भट्टराई लगायतको पहलमा अर्थ मन्त्रालयले कर कार्यालय दिक्तेलमा नै स्थापना गर्ने प्रस्ताव प्रस्ताव क्याबिनेट पठाएको थियो । क्याबिनेटबाट उक्त प्रस्ताव पारित भएको छ भने सरकारले राजपत्रमा सूचना जारी गरेसँगै अब यो कार्यान्वयनमा आउने छ ।

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाका अनुसार खोटाङ जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजस्व संकलन गर्ने गरी करदाता सेवा कार्यालय, लुक्ला सरहको संगठनको संरचना र दरबन्दी कायम गरी दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना गर्ने र उक्त सेवा कार्यालयको सम्पर्क कर्यालय आन्तरिक राजस्व कार्यलय, लाहान रहने छ ।




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post