sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » साकेला गाउँपालिकामा डिप्लोमा तहको ३ वर्षे बालिविज्ञान अध्ययन अनुमति प्रदान

काठमाडौं २१ भदौं । खोटाङको साकेला गाउँपालिकामा डिप्लोमा तहको बालिविज्ञान विषयको पढाई हुने भएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले सोकला गाउँपालिका–२ रतन्छाको साकेला मा.वि.लाई ३ वर्षे उक्त विषय अध्ययनको अनुमति प्रदान गरेको हो ।

डिप्लोमा ३ वर्षे कार्यक्रम अन्तर्गत बालिविज्ञान अन्तर्गत ४० जना विद्यार्थी सिट संख्या तोकिएको छ ।
योसँगै  चितवनकाे भरतपुर महानगरपालिका, सर्लाहीको बागमती नगरपालिका, तनहुँकाे ब्यास नगरपालिका र रौतहटको गुजारा नगरपालिकामा पनि १/१ सामुदायिक विद्यालयलाई बालिविज्ञानको अध्ययन अनुमति प्रदान गरिएको छ ।

सरकारको आगामी २ वर्ष भित्र प्रत्येक स्थानिय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने नीति अनुसार स्थानीय सरकारको अनुमतिसहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञबाट पूर्वाधार निरीक्षण हुँदा पुर्वाधार पूरा गरेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०७५/७६ देखि गुणस्तरीय प्रशिक्षण गराउने शर्तमा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको परिषद्ले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post