sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कृषिबिज्ञ मदन राईलाई इन्भाइरन्मेन्ट अवार्ड

खोटाङ भदौ–२८,  खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छाका कृषिविज्ञ मदन राईलाई हुतराम इन्भाइरन्मेन्ट अवार्डबाट सम्मान गरिएको छ । वाताबरण संरक्षणमा योगदान पु¥याएको भन्दै राईलाई इन्भाइरन्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेसन (इएमपिएचओ) काठ्माण्डौंले यस वर्षको इन्भाइरन्मेन्ट अवार्डवाट सम्मान गरेको हो ।

काठ्माण्डौंमा आयोजित कार्यक्रममा नगद २५ हजार सहितको अवार्ड लेखक तथा पत्रकार भैरब रिसालले कृषिबिज्ञ राईलाई हस्तान्तरण गरेका हुन् । दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषणलाई रोकथाम गरेर वाताबरण स्वच्छ बनाउने क्षेत्रमा नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएकोमा कृषिविज्ञ राईलाई वाताबरण अवार्ड प्रदान गरिएको हो । 

रासायनिक मलले उर्बर जमिन बिग्रँदै गएको अवस्थामा मानव मलमुत्र संकलन एबं माटोमा प्रयोग गरेर वाताबरणीय सन्तुलन कायम गर्न सकिने अध्ययन र अनुसन्धानमा कृषिबिज्ञ राईको उल्लेखनीय योगदान रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post