sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » योजना पुर्नमूल्यांकनको माग

खोटाङ, भदौ २१– खोटाङको ऐसेलुखर्क गाउँपालिका समक्ष हरेक योजनाको पुःर्नमूल्यांकनको माग गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाबाट सम्पादित योजनामा पारदर्शीता कायम नभएको भन्दै नेपाल कम्यूनिष्ट पार्टीले विज्ञा टोली ल्याएर योजनाको पुःर्नमूल्याकनको माग गरेको हो । 

स्थानीय सरकारको प्रतिपक्षी दलकारुपमा एमाले र माओबादी केन्द्रले गत आर्थिक वर्षको सम्पूर्ण आयव्यायको विवरण सार्वजनिक हुनुपर्ने माग राखेको छ । कतिपय योजनामा स्वभाबिकभन्दा बढि रकम खर्च गरिएको पाइएकाले पुःर्नमूल्यांकनको माग राखिएको एमाले ऐसेखर्क गाउँपालिका संयोजक गृहबहादुर राईले बताउनुभयो ।  

नेकपाले पारदर्शीता कायम गर्नका लागि गाउँपालिकाको हरेक क्रियाकलापको विषयमा अर्धबार्षिकरुपमा सार्वजनिक सुनुवाई गर्नु पर्ने, स्थानीय सरकारले सु–सूचित हुने नागरिक अधिकारको प्रत्याभुती दिलाउनुपर्ने, विवादरहित ढंगले आयोजनाको उपभोक्ता समिति गठन गरिनु पर्ने लगायतका १० बुँदे माग राखेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post