sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अतिक्रमित जग्गाको संरचना हटाउन समयसिमा

खोटाङ असोज–१३, खोटाङको बराहपोखरी गाउँपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउने समयसिमा तोकिएको छ । गाउँपालिका भित्रका सरकारी, गुठी लगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि समय सिमा  जारी गरिएको हो ।

गाउँपालिकाभित्रका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाएर खाली गर्नका लागि गाउँपालिकाले फागुन मसान्तसम्मको समय सिमा दिइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्ने क्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि समय सिमा दिइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । 

पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको नगरपालिकाले जनाएको छ । अभियानका क्रममा मापदण्ड पूरा नगरी नगरभित्रका बिभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने जनाइएको छ ।  जारी गरिएको सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि संरचना हटाउने गाउँपालिकाले जनाएको छ । 

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने अभियान नै चलाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post