sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » होलेसुङ–जनकराज मार्ग गोल्डकप कात्तिक ११ देखि

खोटाङ, भदौ २९– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकप कात्तिक पहिलो साताबाट हुने भएको छ । दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको तेश्रो संस्करण आगामी कार्तिक ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजक साकेला सिली फुटबल क्लब दुर्छिमका अध्यक्ष कमल राईले बताए ।

दुर्छिमको बोहेम्मास्थित ‘कृष्णराम–मोतिप्रसाद राई रङ्गशाला’मा कार्तिक १७ गतेसम्म सञ्चालन हुने पुरुष फुटबल प्रतियोगीतामा प्रथम हुने टिमले नगद ७५ हजार र रनिङ कप तथा दोश्रो हुने टिमले ३५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीताका सेमीफाइनलिष्ट टिमलाई १५/१५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगीताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोच लगायत आठ विधाका खेलाडीलाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post