sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ससफो र आदिवासी जनजाति महासंघद्वा संबिधान दिवस अस्विकार

खोटाङमा सङ्घीय समाजबादी फोरमले संबिधान दिवसमा सहभागीता जनाउन अस्विकार गरेको छ । आफ्नो पार्टी वर्तमान सरकारमा समाबेस भए पनि नेपालको संबिधानप्रति असहमती, बिरोध र फरक धारणा यथावत रहेको भन्दैै सङ्घीय समाजबादी फोरम जिल्ला कार्य समितिले बुधबारको संबिधान दिबस मनाउने कार्यक्रममा सहभागिता जनाउन अस्विकार गरेको हो ।

 संबिधान संशोधन गर्दै संबिधानमा भएका कमिकमजोरीलाई सच्याएर प्राप्त अधिकार संरक्षण गर्ने शर्तमा वर्तमान सरकारमा पार्टी समाबेश भए पनि माग सम्बोधन गर्न बाँकी रहेको भन्दै फोरमले बुधबार बिज्ञाप्ती निकाल्दै संबिधान दिबस बिशेष कार्यक्रममा सहभागीता नजनाएको हो । 

शसर्त सरकारमा सहभागी भए पनि हालसम्म संबिधान संशोधनको मुद्धा सम्बोधन हुन बाँकी रहेकाले संबिधान दिबसमा सहभागीता नजनाइएको संघीय समाजबादी फोरम खोटाङका अध्यक्ष नबिन राईले बताए । यसैबीच, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले पनि संबिधान दिबसमा सहभागीता जनाएनन् । विभिन्न चरणमा राज्य र महासंघबीच भएको सम्झौता कार्यन्वयन नभएकाले संबिधान दिबस नमनाउने निर्णय गरिएको महासंघले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post