sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा ई–हाजिरी

खोटाङ असोज–३,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सवै माध्यमिक तहका सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरिएको छ । शिक्षकहरु समयमा विद्यालय नजाने तथा गएर पनि समय अगाडि नै विद्यालय छाड्ने क्रम बढेकाले नियन्त्रण गर्न नगरपालिकाभित्र पर्ने   १८ वटा माध्यमिक तहका विद्यालयमा ई–हाजिरी शुरु गरिएको हो । 

सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु भएपछि शिक्षकहरु समयमै विद्यालय आउन थालेको  नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । विद्यालयमा जडान गरिएको ई–हाजिरीको रिपोर्ट सिधै नगरपालिकामा आउने गरी व्यवस्था मिलाइएको नगरपालिकाका सुचना प्रविधि अधिकृत सुवास राईले बताउनुभयो । नगरपालिकाको लगानीमा जडान गरिएको ई–हाजिरी इन्टरनेटको माध्यमबाट सिधै कार्यालयसँगै जोडिएको जनाइएको छ । 

नगरपालिकाभित्र पर्ने माध्यमिक तहको १८ वटा सामुदायिक विद्यालयमा १ सय ८२ जना शिक्षक रहेका छन् । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post