sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ज्यान मार्ने उद्योगका दोषी पक्राउपछि कारागार चलान

खोटाङ भदौ–२२, ज्यान मार्ने उद्योगमा कैद सजाए र जरिवाना सुनाइएपछि फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का ३२ वर्षीय खेमराज बुढाथोकी पक्राउ परेका छन् । स्थानीय २८ वर्षीय रामकुमार विश्वकर्मालाई मरनासन्न हुनेगरि कुटपिट गरेर फरार रहेका बुढाथोकीलाई पक्राउपछि बिहीबार कारागार चलान गरिएको छ । 

चार वर्षपछि पक्राउ परेर कारागार चलान भएका बुढाथोकीले चार वर्ष कैद र पाँच हजार एक सय रुपैंयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको जिल्ला अदालत खोटाङले जनाएको छ । बुढाथोकी विरुद्ध जिल्ला अदालतले २०७१ साल पुस ८ गते कैद तथा जरिवाना सजायको फैसला सुनाएको थियो ।  

अदालतले कैद तथा जरिवानाको फैसला सुनाएपछि फरार रहेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका विशेष टोलीले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–१० मिलनचोकबाट पक्राउ गरेको थियो । मिलनचोकमा लुकीछिपी बस्दै आएका बुढाथोकीलाई गत भदौ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । 

२०७० साल भदौ १० गते बुढाथोकीसहित चार जनाले कुटपिट गर्दा विश्वकर्माको बाँया आँखा समेत फुटेको थियो । घटना लगत्तै पक्राउ परेका बुढाथोकी अदालतको आदेशमा ४५ हजार धरौटी तिरेर छुटेका थिए । 

घटना संलग्न अन्य तीन जनाले सफाइ पाइसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले जिल्लामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई पक्राउ गर्न विशेष अभियान चलाएको छ ।  


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post