sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली : सांसद गुरुङ

काठमाडौं २८ भदौं । खोटाङकी सांसद हिरा गुरुङले यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली बनेको बताएकी छिन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले निर्मला पन्त हत्या आरोपीलाई ५० दिन पुग्न लाग्दा समेत सार्वजनिक गर्न नसकेको भन्दै सरकार जनतालाई मनोरञ्जन दिएर कलामण्डली बनेको बताइन् ।

एक महिना अगाडी गृह मन्त्रीले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी बनाउँदा जनता आन्दोलित बनेको समेत उनले उल्लेख गरिन् ।

घटना झन् झन् रहस्यमय बन्दै जाँदा सरकार नै बलात्कारीलाई लुकाउन लागिपरेको देखिएको उनको दाबी थियो । सांसद गुरुङ कांग्रेसबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post