sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भेडा चोरी मुद्धामा कारागार चलान

खोटाङ कात्तिक– १०, खोटाङमा भेडा चोरी गरेको मुद्धाका दोषीलाई कारागार चलान गरिएको छ । भेडा चोरी गरेको मुद्धामा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय सन्तोष राईलार्ई एक महिना थुनाका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

चोरी मुद्धामा आरोपितलाई जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते १ महिना कैंद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएको थियो । सजाय सुनाइए पनि हालसम्म फरार रहेका राईलाई असोज ३० गते घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । दशैं बिदाका कारण अदालत खुलेपछि कात्तिक ८ गते अदालतमा पेश गरिएका राई सोही दिन कैंद भुक्तानका लागि जेल पठाइएका हुन् । 

उनीमाथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी गरेको अभियोग छ । सोही मुद्धाका दुई अभियुक्त तोकिएको कैंद सजाय भुक्तानका लागि जेल चलान भइसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post