sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बालिका करणी प्रयासको आरोपित कारागार चलान

खोटाङ असोज–१६,  ११ वर्षिया बालिकामाथि करणी प्रयास गरेको आरोपमा खोटाङका एक व्यक्ति कारागार चलान भएका छन् । सुतिरहेको वालिकामाथि करणीको प्रयास गर्ने  खोटेहाङ गाउँपालिका–४ वडकादियालेका  ३५ बर्षिय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।  

भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको जानकारी ईलाका प्रहरी कार्यालय खोटाङबजारमा गराएसँगै घटनाको भोलिपल्टै आरोपितलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपितलाई असोज १५ गते गरेको जिल्ला अदालतको आदेशले थुनामा पठाईएको जिल्ला अदालतको श्रेष्तेदार लालबहादुर कार्कीले बताए । 

घरको माथिल्लो तलामा सुताईरहेको वालिका एक्कासी रोएपछि हेर्न जाँदा आरोपितले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको वताईएको छ । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएसँगै कार्वाहीको लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post