sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा बसको ज्यादती– एउटै सिटमा डबल टिकट, वृद्धामाथि उल्टै हप्कीदप्की

खोटाङ

६ कात्तिकमा बा ३ ख ८९८० नम्बरको बस निर्मलीडाँडाबाट ब्वालुङ आइपुग्दा बसभित्र खुट्टा टेक्ने ठाउँ थिएन । छतमा समेत मान्छे कोचाकोचा थिए । प्रशासनले अनुगमन नगर्दा बसहरुमा भेडाबाख्रा जस्तै मान्छे खादिएका थिए । त्यहीँ बसका लागि ब्वालुङमा एक वृद्धासँगै थुप्रैले टिकट काटेका थिए ।

युवा र वयस्कहरु कोही छतमा त कोही बसभित्रै कोचाकोचा गर्दै पसे पनि ती वृद्धा पस्न सकिनन् । उनले आफूले सिट नभए जान नसक्ने पहिल्यै बताएको भन्दै टिकट काउन्टरवालासँग पैसा फिर्ता मागिन् । तर, उनले उल्टै हप्कीदप्की खाना परो । ब्वालुङका टिकट काउन्टरवालाले नजाने भएमा पैसा फिर्ता नहुने भन्दै हप्कीदप्की समेत गर्न पछि परेनन् । दबाब दिएर वृद्धालाई बसभित्र कोच्ने प्रयास गरिएपछि बसको ढोकाबाट लडेर झण्डै दुर्घटना समेत हुन पुगेको थियो । तर बसवालाले फेरि पनि ती वृद्धालाई ढोकामा झुण्ड्याएर यात्रा गराउने प्रयास गरे । त्यो सबै देखिरहेका एक स्थानीय वृद्धाले काउन्टरवाला र बसका स्टाफलाई गाली गर्दै सहचालकमाथि एक मुक्का बजारे । सहचालकले पनि हातपात गर्न खोज्दा स्थानीयले छुट्याए । हातपातकै अवस्था सिर्जना भएपछि चाकलले बस अगाडी बढाए । ती वृद्धा छुट्न पुगिन् । सम्पर्कको कठिनाईका कारण त्यसपछिको अवस्था बुझ्ने हाम्रो प्रयास भने अझै सफल भएको छैन ।

खोटाङ सिडिओ सुरेन्द्रराज पौडेलले त्यस्तो घटना भएको उजुरी आए कारबाही हुने बताउँछन् । प्रत्यक्षदर्शीहरु भने ती महिला प्रशासनसम्म न्यायका लागि पुग्न नसक्ने भएरै टिकटवालाले मनलाग्दी गरेको बताउँछन् ।

कसले टिकट काट्छ प्रालिलाई नै थाहा छैन
खोटाङ यातायात प्रा.लिले विभिन्न ठाउँमा रहेका टिकट काउन्टरवालाको विवरण नै नराखेको पाइएको छ । प्रा.लिको सम्पर्क नम्बर ०३६–४२०६८० मा सम्पर्क गरेर ब्वालुङ टिकट काउन्टरको सम्बन्धित व्यक्तिको सम्पर्क नाम र नम्बर माग्दा जानकारी नहुने जवाफ दिएका हुन् । रुटका विभिन्न ठाउँमा टिकट काट्ने काम भएपछि कसरी र कोबाट टिकट वितरण भइरहेको छ भन्नेबारे प्रा.लिले जानकारी राख्नुपर्नेमा हेलचेक्राई भएको पाइएको हो । यसबाट टिकट सम्बन्धी कुनै घटना घटेमा को जवाफदेही हुने भन्ने प्रश्न समेत उठेको छ ।

काउन्टरबिच नै छैन समन्वय
प्रा.लिको विभिन्न काउन्टरबिच पनि समन्वय नहुने गरेको पाइएको छ । दिक्तेलबाट काठमाडौं तथा अन्य टाढाको यात्राका क्रममा बसवालाले गाडी नम्बरमा ‘आई’ राखेर बस चढ्ने दिन नम्बर हाल्ने गरेको पाइएको छ । तर, एउटै प्रा.लिकै अर्को काउन्टरमा गएर बुझ्दा स्पष्ट जवाफ नदिने गरेको पाइएको हो ।

६ कात्तिकमा रत्नपार्क काउन्टरबाट एक यात्रुले ९५५१ टिकट नम्बरको टिक लिए । उनको गाडी नम्बरमा आइ मात्र लेखिएको थियो । भोलि बिहान उनी बेसक्याप काउन्टरमा बुझ्दा माथि मिल्छ बस्दै गर्नु भन्ने उत्तर दिए । तर, बेसक्याम र रत्नपार्क काउन्टरबिच समन्वय नै नभएको पाइएको हो । आधा घण्टा प्रतिक्षापछि ती यात्रुले रत्नपार्क काउन्टरमा सम्पर्क गर्दा मात्र थाहा भयो– उनको बस छुट्न लागेको भनेर । अन्तिममा ती दुई काउन्टरबिच नै भनाभन भयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post