sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रुखबाट लडेका रमेशको स्वास्थ्य सुधार भएन, सहयोगका लागि सबैसँग अपिल

काठमाडौं २३ असोज । रुखबाट लडेर गम्भीर घाइते भएका खोटाङ जिल्ला साकेला गाउँपालिका वडा ३ का रमेश राई चिनिने इन्द्र कुमार राईको स्वास्थ्यमा अझै सुधार आएको छैन ।

१२ असोजमा रुखबाट लडेर गम्भीर घाइते भएका रमेशको हाल काठमाडौंको मेडिकेयर हस्पिटलमा उपचार भईरहेको छ । तर, उनको स्वास्थ्यमा उल्लेख्य सुधार भने अझै हुन नसकेको साकेला गाउँपालिका वडा १ का राजकुमार राईले जनाए । राईको टाउकोमा समस्या रहेको चिकित्सकले जनाएका छन् ।

रमेश परिवारको आर्थिक अवस्था कमजोर रहेको र उनकी श्रीमती टीकाको पनि ब्रेन ट्युमर भई अशक्त रहेकाले आर्थिक सहयोगका लागि अपिल समेत गरिएको छ । वडा कार्यालयले निर्णय नै गरेर आर्थिक सहयोगका लागि अपिल गरेको छ भने उनको परिवारले पनि उपचारमा सहयोगका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
यसैबीच, देश विदेशबाट रमेशको उपचारका लागि सहयोग रकम समेत जुट्न थालेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post