sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा भलिवल प्रतियोगिता लगायत वृहत कार्यक्रमको तयारी

खोटाङ कात्तिक–२०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडामा गत वर्षहरु जस्तै यो वर्षको दिपावलीमा पनि वृहत कार्यक्रमका साथ भलिवल प्रतियोगिताको तयारी गरिएको छ । २०७२ सालमा स्थापित ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विशेष कार्यक्रम यही कात्तिक–२५ गतेदेखि निर्मलीडाँडामा सुरु गर्ने तयारी गरिएको हो । 

‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये भलिवल प्रतियोगितामा भने गत वर्षदेखि ‘मन्दत मनरानी स्मृति प्रतिष्ठानले समेत सहकार्य तथा साझेदारी गर्दै आएका छन् । नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईने भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार १ सय ५१ रुपैंयाँ रहेको छ । यस्तै, दोस्रो समुहलाई ३० हजार १ सय ५१ र तेस्रो समुहको लागि २० हजार १ सय ५१ रुपैंयाँ नगद पुरस्कार तोकिएको छ । विजेता तीनै समुहलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीको लागि समेत पुरस्कारको व्यवस्था गरिएको वताईएको छ । वडाध्यक्ष हर्कराज राई लगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितीमा भव्य समारोहकावीच कार्यक्रमको उद्घाटन तथा समापन गरिने तयारी गरिएको आयोजकले जनाएका छन् । 

वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण पत्रकारलाई 


वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण अर्थात यो वर्षको पुरस्कार जिल्लाका पत्रकारलाई प्रदान गर्ने टुंगो गरिएको छ । जिल्लामा जन्मिएर कला–साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई छनौट गरी वार्षिक एक जनालाई नगद १५ हजार रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत गर्ने गरिएको छ । 

पहिलो संस्करणको पुरस्कार गत वर्ष कला–साहित्य विधावाट चन्द्र रानोहँछालाई प्रदान गरिएकोमा यो वर्ष भने  पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने जिल्लाकै एक पत्रकारलाई पुरस्कृत गर्ने टुंगो लगाईएको पुरस्कार संस्थापन पक्षले जनाएको छ ।

भलिवल प्रतियोगिता लगायतका कार्यक्रम समापन समारोह अर्थात कात्तिक–२७ गतेका दिन नै स्मृति पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ । कार्यक्रममा कवि तथा साहित्यकार चन्द्र रानोहँछा लगायतका श्रष्टा–सर्जक तथा कलाकारहरुको समेत उपस्थिती रहने वताईएको छ ।

 प्रतिष्ठानका अध्यक्ष ऋषिधन राई, पुरस्कार संस्थापक संरक्षक जितेन्द्र राई लगायतका समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएका छन् ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post