sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

About Khotang District

Khotang District, a part of Sagarmatha Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Diktel as its district headquarters, covers an area of 1,591 km² and has a population (2001) of 231,385. Khotang is part of the area traditionally called Majh Kirat/Kirant (middle Kirat), home to indigenous ethnic Kirat Rai people. Apart from Rais, other ethnic groups and hill castes live in Khotang.
Towns and villages (VDCs)

Map of the VDCs in Khotang District

Ainselu Kharka, Arkhale, Badahare, Badka Dipali, Bahunidanda, Bakachol, Baksila, Bamrang, Barahapokhari, Baspani, Batase, Bijaya Kharka, Buipa, Chhitapokhari, Chhorambu, Chipring, Chisapani, Chyandada, Chyasmitar, Damarkhu Shivalaya, Dandagaun, Devisthan, Dharapani, Dhitung, Dikuwa, Diplung, Dipsung, Dorpachiuridada, Dumekoldada, Dumre Dharapani, Durchhim, Faktang, Ghitung, Hauchour, Indrayani Pokhari, Jalapa, Jyamire, Kahalle, Kaule, Kharmi, Kharpa, Khartamchha, Khidima, Khotang Bazar, Kuvinde, Lafyang, Lamidanda, Lichki Ramche, Linkuwa Pokhari, Magpa, Mahadevasthan, Mangaltar, Mattim Birta, Mauwabote, Nerpa, Nirmalidada, Nunthala, Patheka, Pauwasera, Phedi, R. Maheswori, Rajapani, Rakha Bangdel, Rakha Dipsung, Ratancha Majhagau, Ribdung Jaleswori, Ribdung Maheswori, Salle, Santeswor Chhitapokhari, Sapteswor, Saunechaur, Sawakatahare, Simpani, Sungdel, Suntale, Tempa, Woplukha, Wopung, Yamkhya

जिल्लाको इतिहास

एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरुको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो । यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट संचालित थियो भने पहाडका स-साना गढी र थुमहरुमा किराँती राजाहरुले राज्य गर्दथे । चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए । विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो । यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए ।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो । यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाइ पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो। स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ्ग, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ्ग इलाका अदालत र ऐशेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशन गर्ने काम पनि गर्न थालियो ।

बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो । त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए । तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानुनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो । तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्‍यो । खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रुपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो । २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर्यो भने तत्पश्चात खोलिएका कार्यालयहरु क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन् ।

नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङ्गको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भाज्याङ्गखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, बाङ्गदेल, राखा, ऐंशेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो । यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ्ग जिल्ला रहेको छ ।

भौगोलिक अवस्थिती :
अक्षांस — २६० ५०’ देखि २७० २८’ उत्तर
देशान्तर — ८६० २६’ देखि ८६० ५९’ पूर्व
औसत उचाई १५२ मीटर देखि ३६२० मीटर सम्म

हावापानी :
औसत हावापानी :– ठण्डा शितोष्ण र समशितोष्ण
औसत तापक्रम :– अधिक्तम ३० देखि न्युनतम ५ सम्म
वार्षिक बर्षा:- १४८ मि.मी. (सदरमुकाममा )
केही महत्वपूर्ण डाँडाकाँडा :
मैंयु २०४६ मी., टयम्के ३००५ मी, मेरुङ्ग ३३४३ मी.
सिमाना :
पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर
विमानस्थलहरु :
मनमाया राई खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल
प्रमुख पर्यटकीय स्थल
यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरुमा बराहापोखरी,हलेसी महादेवस्थान,ट्याम्केडाँडा र सेल्मेडाँडा आदी पर्दछन ।